“पिएसजीले मेस्सी, रोनाल्डो र पेप गार्डियोला भित्राउने छ”

पूर्व पेरिस सेन्ट-जर्मेन खेलाडीले दावी गरेका छन कि पिएसजीले २०२१/२२ सिजन सम्म मेस्सी, क्रिस्टियानो रोनाल्डो र पेप गार्डियोला सबैलाई क्लबमा भित्राउने छ।

मेस्सीले बार्सा छोड्ने निर्णय लिए पछि धेरै क्लबहरु उनलाई साइन गर्न प्रयास गर्दै छन् भने पिएसजी पनि सो क्लबहरु मध्ये एक हो र उक्त क्लबमा मेस्सीका पुर्व टिम-मेट नेमार पनि रहेका छन्।

पिएसजीले मेस्सी साइन गर्न छलफल गरे पनि मेस्सीले म्यान सिटी छनौट गर्ने खबर छ। तर पूर्व पिएसजी खेलाडी, फेब्रिस पनक्रेटले अन्यथा भनेका छन् र विश्वास गर्दछन् कि मेस्सी साथै क्रिस्टियानो रोनाल्डो र पेप गार्डियोला २०२१/२२ सत्रको शुरूमा फ्रान्सेली क्लबमा सामेल हुनेछन्।

२००४ र २००९को बीचमा पिएसजीका लागि खेलेका फेब्रिस पनक्रेटले बताए :

“मँ के सोच्छु भने- त्यो शहरबारे, म्यानचेस्टर कुरूप छ, त्यहाँ जहिले पानी परिरहेको हुन्छ, मौसम अप्रिय छ – येस्तै धेरै कुरा छन् जसले मलाई मेस्सी पेरिस जाँदैछ भनेर भन्छ”

“र रोनाल्डो पनि उनीसँग २०२१ मा पिएसजी सम्मिलित हुनेछन्- र गार्डियोला पनि। “मलाई लाग्छ कि गार्डियोला र मेस्सी बीच यसअघि पनि कुरा भैसकेको छ र। गार्डियोलाले मेस्सीलाई पेरिस जान भने होला र उनि आफु पनि पछि पेरिस आउने बताए होला।’

“पिएसजीको नारा – ‘आउनुहोस् ठूलो सपना देखौं’ छ- यसैले यो सम्भव छ! “

NepMag Sports a subsidiary of NepMag Network. We post latest, informative, and entertaining sports-related articles for you to read! We will keep you updated with the most recent articles about scores, fixtures, rumors, and facts about the sports from all around the world!