पिएसजीले तयार गर्यो यस्तो उत्कृष्ट टिम- च्याम्पियन्स लिग जित्ने मुख्य प्राथमिकता

हालको ट्रान्सफर विन्डोमा फ्रेन्च क्लब पिएसजी निकै सक्रिय रहेको छ। हाल सम्म पिएसजीले धेरै ठुलो नामहरूलाई क्लबमा भित्राएको छ। अच्राफ हाकिमी,रामोस जर्जिनियो विज्नाल्डम र जियानलुजी डोनारुम्मा जस्ता खेलाडीहरू हाल पिएसजीले साइन गरेको छ भने उक्त खेलाडीहरूको आगमन पछि पहिले नै उत्कृष्ट रहेको पिएसजी टिम झन् कडा बनेको छ।

क्लबका नयाँ कोच पोचेटिनोले आफ्नो मुख्य प्राथमिकता च्याम्पियन्स लिग हुने बताएका थिए भने हाल सो लक्ष्य पुरा गर्न उनी यो ट्रान्सफर विन्डोमा धेरै सक्रिय बनेका छन्।।

हाल सम्म ४ ‘हाइ प्रोफाइल’ खेलाडीहरू साइन गरेको पिएसजीको नाम अहिले पनि पोग्बा र रोनाल्डो सँग जोडिने क्रम जारी रहेको छ तर रोनाल्डो र पोग्बा बिना नै हाल पिएसजीको टिम निकै राम्रो रहेको छ भने पिएसजीको मुख्य टिम मात्र नभै वैकल्पिक खेलाडीको सेट पनि निकै राम्रो रहेको छ।

एम्बाप्पे, नेमार र डी मारिया जस्ता स्टार खेलाडी भएको टिम पिएसजी नयाँ खेलाडीहरूको साथ थप उत्कृष्ट हुने छ।

एम्बाप्पे, नेमार, डी मारिया, विज्नाल्डम, भेराट्टी, पाराडेस, बेर्नत, मार्क्विनहोस, रामोस, हाकिमी र डोनारुम्मा को साथ पिएसजीको स्टार्टिंग एलेवेन निकै कडा देखिन्छ भने वैकल्पिक खेलाडीले बनेको पिएसजीको एलेवेन पनि निकै राम्रो रहेको छ जसमा मउरो इकार्डी, ड्रक्सलर, हरेरा, सराबिया, परेरा, गुये, कुर्जावा, किमपेम्बे, डायलो, डग्बा र नाभास जस्ता खेलाडीहरू रहेका छन्।

केही समय देखि पिएसजीको मुख्य प्राथमिकता च्याम्पियन्स लिग रहेको छ भने नयाँ सिजन पोचेटिनो र नयाँ स्टार खेलाडीहरू सँग पिएसजी पक्कै पनि एक मुख्य दाबेदारको रुपमा हुने छ।