पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधी (भिडियो सहित)

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधी जितेको छ ।

चाइनाको शेन्जेनमा भएको फ्रेन्च सुपर कपमा रेनेसलाइ २-१ ले हराउदै पिएसजीले उपाधी जितेको हो ।

खेलमा रेनेसले पहिले अग्रता लिएको थियो । १३ औं मिनेटमा होनौउले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा पिएसजीका एमबाप्पेले गोल गर्दै खेक बराबरीमा ल्यायो ।

६१ औं मिनेटमा एन्डर हेरेराको स्थानमा मैदान छिरेका एन्जेल डि मारियाले ७३ औं मिनेटमा गोल गर्दै पिएसजीलाइ खेल जिताए ।

खेलको हाइलाइट्स हेनुहोस: