पिएसजीले गर्‍यो नेयमारको येस्तो घोषणा

नेयमारलाई पिएसजीले आफ्नो पूर्व क्लब बार्सिलोना फर्किन नदिने घोषणा गरेको छ । पछिल्लो समय स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले नेयमारलाई अनुबन्ध गर्न इच्छुक देखिएका बेला पिएसजीले यस्तो अभिव्यक्ती दिएको हो ।

पछिल्लो रिपोर्ट आनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नेयमारलाई क्लबमा फर्काउन दबाब दिएको जनाएको छ । अर्को सिजन एट्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजमन बार्सिलोनामा अनुबन्ध हुने लगभग पक्का पक्कीछ ।

तर, उनको स्थानमा ब्राजिलियन स्ट्राइकर नेयमारलाई क्लबमा फर्काउन कप्तान मेस्सीले दबाब दिएका छन् । तर, पिएसजीका अध्यक्ष नासिर अल खेलाइफीले नेयमार बेच्ने प्रति इच्छा देखाएका छैनन् ।

यता बार्सिलोनामा भने ग्रिजमनलाई अनुबन्ध गर्नु भन्दा नेयरमालाई फर्काउनु सहकत भएका छन् । ग्रिजमनले बार्सिलोनामा अनुबन्ध हुनका लागि अर्को महिना एट्लेटिको मड्रिड छोड्र्नु पर्ने थियो । तर, हाल ग्रिजमन प्रति बार्सिलोनाको रुची सुस्ताएको जनाएको छ ।