‘पिएसजीले काइलियन एम्बाप्पेलाई कुनै मूल्यमा पनि बेच्ने छैन’

पिएसजीका मालिकहरूले यस गर्मीमा काइलियन एम्बाप्पेको बिक्री विचार गर्न अस्वीकार गर्दै छन्।

फ्रान्सका स्टार स्ट्राइकर रियल म्याड्रिडका राष्ट्रपति फ्लोरेन्टिनो पेरेजका मुख्य लक्ष्य हुन्, र उनि काइलियन एम्बाप्पेलाई रियलमा भित्राउन ठुलो रकम तिर्न तयार छन्।

यद्यपि पिएसजीका कतारी मालिकहरू कुनै मूल्यमा पनि काइलियन एम्बाप्पे बेच्ने चाहँदैनन्।

“हामी एम्बाप्पेलाई बेच्न चाहँदैनौं, चाहे वर्षा होस् वा हिउँ परोस, काइलियन एम्बाप्पे येही क्लब रहनेछन, यो अमीर(कतारको)को इच्छा हो,” एक स्रोत ले १० स्पोर्टलाई भने।

काइलियन एम्बाप्पेको वर्तमान सम्झौता २०२२सम्म छ र पिएसजी उनलाई क्लबको सबैभन्दा धेरै तलब पाउने खेलाडी बनाउना चाहन्छ।