पिएसजीले आफ्नो खेलाडीहरूलाई ओलम्पिकमा खेल्न नदिने

पेरिस सेन्ट-जर्मेनले किलियन एम्बप्पे , नेमार, मार्क्विनहोस लगायत कुनै पनि खेलाडीलाई यो गर्मीको ओलम्पिक खेलको लागि टोकियो जान नदिने, ईएसपीएनले बताएको छ। आफ्नो देशबाट ओलम्पिकमा फुटबल खेल्न एम्बाप्पे, नेमार र मार्क्विनहोस आफ्नो चाहना देखाए पनि हाल खबर अनुसार पिएसजीले उक्त अनुरोधहरू अस्वीकार गरेको छ।

युरो २०२० र ब्राजिलको कोपा अमेरिकामा तीनै खेलाडीहरूको संलग्नता पछि खेलाडीहरूलाई आराम चाहिने पिएसजीको तर्क रहेको छ । ओलम्पिकमा खेल्नुको मतलब कुनै छुट्टी वा क्लबको प्रि-सिजनमा उक्त खेलाडीहरू सामेल हुन पाउने छैनन्। नेमार र मार्क्विनहोले २०१६मा ओलम्पिकमा खेलेका थिए जसको कारण दुई खेलाडीले आफ्नो क्लबको प्रि-सिजन टुरहरू मिस गरे।

ओलम्पिक प्रतियोगिता २१ जुलाईदेखि अगस्ट ७ सम्म आयोजित हुनेछ र यो आधिकारिक फिफा प्रतियोगिता नरहेको कारण क्लबहरू आफ्नो खेलाडीहरूलाई जान दिन बाध्य छैनन्।

लिग १को नयाँ सिजन ६ अगस्टमा हुने छ भने त्यो भन्दा अगि पिएसजीले प्रि-सिजन टुर र खेलहरू खेल्ने छ।