पूर्व आर्सेनल कोच आर्सेन वेङ्गरले पिएसजीलाई बार्सिलोनाका स्टार लियोनेल मेस्सी साइन नगर्न आग्रह गरेका छन्।
Arsene Wenger has reportedly told PSG they should focus on securing the long-term futures of Neymar and Kylian Mbappe rather than trying to sign Lionel Messi.
— Bolarinwa Olajide (@iambolar) February 18, 2021
जुनमा मेस्सीको बार्सा सँग सम्झौता अन्त्य हुने छ र पिएसजी र म्यानचेस्टर सिटीको लागि मेस्सी निश्चित लक्ष्य रहेको खबर छ।
आर्सेन वेङ्गरले पिएसजीले मेस्सी साइन गर्न सक्ने बारे भने: “मेस्सीलाई ठुलो लगानी चाहिन्छ। पिएसजी सँग दुई उत्कृष्ट खेलाडीहरू (नेमार र किलियन एम्बाप्पे) छ र पिएसजीले त्यसमा सबै पैसा लगानी गर्नमा बढी केन्द्रित हुनुपर्छ।
PSG should keep Mbappe & Neymar as Messi ‘demands huge investment’, says Wenger https://t.co/oCBDtGr0PU
— Sun Sport (@SunSport) February 17, 2021
“एम्बापेको उमेर २२ वर्ष रहेको छ, उनी विश्वको सर्वश्रेष्ठ खेलाडी वा सायद भविष्यको पिएसजीको सर्वश्रेष्ठ खेलाडी हुन्।
“तपाईँसँग भविष्यका दुई सर्वश्रेष्ठ खेलाडीहरू छ भने तपाईँ तिनीहरूलाई क्लबमा राख्न प्रयास गर्नु पर्छ।”