पिएसजीमा स्टार फ्रेन्च गोलकिपर भित्राउन पोचेटिनो इच्छुक

फ्रेन्च क्लब पिएसजी नयाँ गोलकिपरको खोजीमा रहेको खबर छ। खबर अनुसार पिएसजीका नयाँ प्रबन्धक मौरिसियो पोचेटिन टोटनह्यामका स्टार गोलकिपर ह्युगो लोरिस साइन गर्न इच्छुक छन्।

पिएसजीले गर्मीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न प्रयास गर्ने खबर छ। जनवरी देखि नै पिएसजी उनी माथि इच्छुक रहे पनि कुरा अगाडी बढेको थिएन।

खबर अनुसार पोचेटिनो आफ्नो पूर्व किपर पिएसजीमा भित्राउन इच्छुक छन् र पिएसजीको निगरानी फ्रेन्च गोलकिपरमा हुँदा स्पर्स पनि उनको विकल्पको खोजीमा सक्रिय बनेका छन्।

यो दाबी गरिएको छ कि स्पर्सले उनको विकल्पको रूपमा म्यानचेस्टर युनाइटेडका डिन हेंडरसन वा वेस्ट ब्रोमको साम जोनस्टोन साइन गर्ने छन्।

खबर अनुसार पोचेटिनो आफ्नो पूर्व क्लबका किपरको ठुलो प्रशंसक हुन् र पिएसजीमा लोरिस पोचेटिनोको पहिलो स्थानान्तरण हुन सक्ने छन्।