पिएसजीमा खेलेर रोनाल्डो र मेस्सी जस्तो उत्कृष्ट बन्न नसक्ने एम्बाप्पेलाई फ्रेन्च लेजेण्डको चेतावनी

फ्रेन्च फुटबल लेजेण्ड र हाल प्रबन्धकको रुपमा रहेका निकोलास एनेल्काले पिएसजीका फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई चेतावनी दिएका छन्। २२ वर्षका एम्बाप्पे हाल विश्व फुटबलको एक उत्कृष्ट प्रतिभा मध्ये एक हुन् र एम्बाप्पे हालका सुपरस्टार रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने धेरैको विश्वास रहेको बेला पूर्व फ्रेन्च स्टारले पिएसजीमा खेलेर सो कुरा पुरा नहुने दाबी गरे।

गत सिजन ३१ खेलमा २७ गोल गर्दै लिग वानको शीर्ष स्कोरर बनेका एम्बाप्पेलाई पिएसजीले £१६२ मिलियनमा साइन गरेको थियो। हाल उनले क्लब छोड्न सक्ने धेरै चर्चा छ भने उनले पिएसजी सँग सम्झौता विस्तार गरेका छैनन् र सो कुराको समर्थन गर्दै फ्रेन्च फुटबल लेजेण्ड निकोलास एनेल्काले बोलेका छन्।

“फ्रेन्च लिग सजिलो छैन, मलाई गलत नबुझ्नुहोस्, तर मलाई लाग्छ सबैभन्दा कठिन लिग इङ्गल्यान्डमा छ।- एनेल्काले बताए।

“यदि तपाईँ एक उत्कृष्ट खेलाडी बन्न चाहनुहुन्छ भने पेरिसमा जस्तै चेल्सी वा युनाइटेड वा आर्सेनल वा म्यानचेस्टर सिटी वा लिभरपुलसँग गर्नु पर्छ।

“वा स्पेन मा म्याड्रिड वा बार्सिलोना जानुहोस्। वा हुनसक्छ इटाली।

“तपाईँसँग कम्तीमा दुई विकल्पहरू छ- पेरिसमा बस्नुहोस् वा रियल म्याड्रिडमा जानुहोस्। ती दुवै दुवैले हालको समयमा च्याम्पियन्स लिग जित्न सक्छन्।

“जब म पिएसजीमा मा थिए, यो त्यस्तो थिएन। त्यो समय तपाईँको निर्णय फुटबलमा के हासिल गर्न चाहनुहुन्छ मा निर्भर थियो ।

“यदि तपाई ठुलो कुरा चाहनुहुन्छ भने तपाईँले कुनै समयमा पिएसजी छोड्नु पर्छ।

“सर्वश्रेष्ठ लिगहरू इङ्गल्यान्ड र स्पेनमा छ, त्यसैले सर्वश्रेष्ठ लिगमा सर्वश्रेष्ठ खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न जरुरी छ ।

“तपाईँले निर्णय गर्नुपर्नेछ। यदि तपाई बलोन डि’ओर जित्न चाहनुहुन्छ, तपाईँले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीलाई पछ्याउन  पर्छ, जसको लागि उत्कृष्टहरू सँग प्रतिस्पर्धा गर्नु पर्छ।

“तपाईँ पिएसजीमा बसेर सबै समय राम्रो प्रतिस्पर्धाको सामना गर्न सक्नुहुन्न।”