पिएसजीमा एम्बाप्पेको अवस्थाको निगरानी गर्दै लिभरपूल

हाल पिएसजी र किलियन एम्बाप्पे बीच सम्झौता विस्तारको छलफल हुदै गरेको छ भन दुई बीचको वार्ता सफल भने हुन सकेको छैन।

पिएसजी आफ्नो स्टार एम्बाप्पेलाई क्लब छोड्नबाट रोक्न चाहन्छन् भने एम्बाप्पे भित्राउन रियल र लिभरपूल जस्तो क्लब धेरै इच्छुक छन्। हाल खबर अनुसार पिएसजीमा एम्बाप्पेको अवस्था’bout लिभरपूलको निगरानी छ भने अवस्था अनुसार लिभरपूलले उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।

एम्बाप्पेको क्लबमा सम्झौता २०२२मा अन्त्य हुने छ र पिएसजीले एम्बाप्पे संग सम्झौता विस्तार गर्न असफल भए उनले अर्को वर्ष फ्री एजेन्टको रुपमा क्लब छोड्न सक्ने छन्।

पिएसजी र एम्बाप्पे बीचको वार्ता असफल हुँदा धेरै क्लबको निगरानी यो अवस्थामा रहेको छ लिभरपूल र रियल उनलाई साइन गर्ने मुख्य दाबेदार हुन्।