पिएसजीबाट हालै आफ्नो डेब्यू खेल खेलेका १७ वर्षका स्टार ’bout यी रोचक तथ्यहरु

जाभी सिमन्सले पिएसजीबाट लिगमा आफ्नो डेब्यू खेल खेलेका छन्। फ्रेन्च लिगमा खान विरुद्धको १-०को जितमा उनले पिएसजीको लागि आफ्नो सिनियर डेब्यू गरे।

२०१० मा क्याटालान क्लबको प्रख्यात एकेडेमी ला मासियामा भर्ना भएपछि युवा खेलाडी बार्सिलोनाका सबैभन्दा प्रतिभाशाली युवाहरू मध्ये एक थिए तर २०१९ मा उनले पेरिस सेन्ट-जर्मेनमा प्रवेश गर्ने विवादास्पद निर्णय गरे बार्सासंग नयाँ सम्झौताको सर्तमा असफल भएपछि उनले यो निर्णय लिएका थिए।

हाल उनले फ्रेन्च लिगमा डेब्यू खेल खेलेका छन् र उनको ’bout हाल फेरी धेरै चर्चा हुँदै गएको छ। ४ पटक यूथ बलोन डि’ओर जितेका जाभी सिमोन्स’bout १२ रोचक तथ्यहरू हेर्नुहोस् जुन तपाईँलाई थाहा नहुन सक्छ:-

१. उनको बुवा पनि फुटबलर थिए

सिमन्सका बुबा रेसिलो सिमन्स हुन्, जो एक पूर्व स्ट्राइकर थिए जसले फोर्टुना सिटार्ड, एनएसी ब्रेडा र डेन हागका लागि खेलेका थिए।

२. उनको इन्स्टाग्राममा २.४ मिलियन फोलोवार्स छन्

उनी १३ बर्स हुँदा नै  उनी इन्स्टाग्राममा ३००,००० फोलोवार्स जम्मा गर्न सफल भएका थिए भने हाल उनको ३ मिलियन फोलोवार्स छन्।

३. उनको नाम जावी हर्नान्डेजबाट प्रेरित भएको थियो

सिमोन्सका बुवा बार्सिलोनाका फ्यान हुन् र उनले आफ्नो छोराको नाम क्याम्प नाउ लिजेन्ड जावीको नामबाट राख्ने निर्णय गरे।

४. जावी हर्नान्डेज जाभी सिमोन्सको आइडल हुन्

आफ्नो बुबा जस्तै जाभी सिमोन्स पनि जावी हर्नान्डेजका ठुलो फ्यान हुन् र उनलाई आफ्नो आइडल मान्ने गर्छन्।

५. चेल्सी र रियल म्याड्रिडले उनलाई साइन गर्न खोजेको थियो

चेल्सी र रियल म्याड्रिड दुवैले उनलाई साइन गर्न खोजेको थियो त्यो समय उनी मात्र १२ बर्सका थिए।

६. उनी गोल गर्ने भन्दा बढी सहयोग प्रदान गर्न रुचाउँछन्

सिमोन्स एक उचित टिम खेलाडी हुन्। जावीले जस्तै उनी गोल गर्दै आफ्नो गौरव बढाउनको सट्टा टिमलाई सेट अप गर्न रुचाउँछन्।

७. उनले चार पटक यूथ बलोन डि’ओर जितेका छन्

उनले चार पटक युवा बलोन डि’ ओर जितेका छन् र ठुलो भए पछि मुख्य बलोन डि’ ओर जित्ने उनको सपना रहेको छ।

८. उनका युवा टोली निकै शक्तिशाली थियो

सिमन्स बार्सिलोना युवा टिमको हिस्सा थिए जसले २०१६/१७ सिजनमा सबै २५ खेलहरू जितेका थिए, १६२ गोल गर्दै र १४ गोल मात्र खाएको थियो।

९. उनी र नाइकी बिच प्रायोजन सम्झौता छ

हाल १७ बर्स रहेका युवाले नाइकीको प्रायोजन पाएका छन् र नाइकीको विश्वास छ कि उनी पछि गएर ठुलो स्टार हुने छन्।

१०. उनको एजेन्ट मिनो राइओला हुन्

मिनो राइओला, कुख्यात सुपर एजेन्ट हुन् उनले केही ठुलो स्टारहरूको व्यवस्थापन गर्ने गर्छन् र क्लब संग ठुलो रकम माग्नेमा उनी प्रख्यात छन्।

११. उनले अहिले देखिनै धेरै पैसा कमाउने गर्छन्

पिएसजी संग उनको सम्झौता अनुसार युवाले बर्सको €१ मिलियन कमाउने गर्छन – उनको हाल प्रति हप्ता €२०,०००को तलब रहेको छ।

१२. नेमार उनको सबैभन्दा मन पर्ने खेलाडी हुन्

सिमोन्स ब्राजीलियन स्टारको ठुलो फ्यान हुन् र उनले नेमारलाई धेरै पटक भेटेका पनि छन् । नेमार पिएसजीमा भएको कारण उनी पनि पिएसजी आएको धेरैको विश्वास पनि छ।