पिएसजीको शान्दार जित

एजेन्सी, फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पिएसजीले ब्रेष्टलाई पराजित गरेको छ । शुक्रवार राती भएको खेलमा हत सिजनको उपविजेताले ब्रेष्टलाइ ४-२ गोल अन्तरले पराजित गरेको हो । यो पिएसजीको लगातार तेश्रो जित हो ।

पेरिस क्लबको लागि हेरेरा, एम्बाप्पे, गुये र डि मारियाले गोल गरे । यस्तै, ब्रेष्टका लागि होनोराट र मौनीले गोल फर्काएका थिए ।

पिएसजीले खेलको २३ औं मिनेटमा हेरेराको भलीबाट अग्रता लियो । डि बक्स बाहिरबाट प्रहार गरेको भलीले जाली चुम्दा अग्रता बनायो ।

यस्तै, ३५ औं मिनेटमा वाइनाल्डमको प्रहारमा रिबाउन्ड आएको बललाइ एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफ सकिन केही मिनेट बाकी रहेको अवस्थामा होनोरटले गोल फर्काउदै खेल २-१ को स्थितीमा ल्याए ।

दोश्रो हाफको ७२ औं मिनेटमा गुयेले ३५ यार्डबाट गरेको प्रहार गोलमा परिणत हुदा खेल ३-१ को नतिजामा पुग्यो ।

त्येस्तै, ब्रेष्टका लागि मौनीले गोल गर्दै ३-२ को स्थितीमा पुराए ।

त्यस्को, केही मिनेटमा बैकल्पिक खेलाडिका रुपमा मैदान प्रवेश गरेका डो मारियाले गोल थप्दै ४-२ को जित सुनिश्चित पारे ।

यो जितसंगै पिएसजी अंक तालिकाको शिर्ष स्थानमा छ । उसको ३ खेलबाट ९ अंक जोडेको छ ।

ब्रेष्टले ३ खेलबाट २ अंक जोडै तालिकामा १२ औं स्थानमा रहेको छ ।