पिएसजीको नयाँ युगको भाग हुन एम्बाप्पेले ‘सुधार गर्नु पर्छ’

पिएसजीका नयाँ कोच मौरिसियो पोचेटिनोको क्लबमा पहिलो खेल बराबरीमा अन्त्य भएको थियो र सो खेलमा क्लबका स्टार किलियन एम्बाप्पेको धेरै प्रभाव रहेको थिएन।

खेल पछि एम्बाप्पेले ‘सुधार गर्नु पर्छ’ भनेर अर्जेन्टाइन कोचले भनेका थिए। हाल नेमार अनुपस्थित हुँदा क्लब एम्बाप्पेमा निर्भर हुन पर्ने हुन्छ र आफ्नो पहिलो खेल १-१को स्कोरमा अन्त्य भए पछि सो बारे नयाँ कोच पोचेटिनोले बोलेका छन्।

“सबैले जस्तै एम्बाप्पेले पनि खेल सुधार्नु पर्छ,” पोचेटिनोले एम्बाप्पेको बारे बोले।

“हामीले खेल जित्न नसकेकोमा उनि निराश हुनुपर्छ र उनले जहिले पनि अझै राम्रो गर्न सक्छन। यद्यपि उनको व्यवहार राम्रो थियो। उनले गरेको कामबाट म खुशी छु। ”

एम्बाप्पेले क्लब छोड्न सक्ने धेरै चर्चा हुदै गरेको रियल र लिभरपूल जस्तो क्लबको चासो उनिमा रहेको समय नयाँ कोच पोचेटिनोले उनि संग अझै धेरै सुधारको माग गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ