पिएसजी हाल नयाँ गोलकिपरको खोजीमा रहेको छ। हाल खबर अनुसार म्यान्चेस्टर युनाइटेडका गोलकिपर डेभिड दे हेयामा पनि पिएसजीको नजर रहेको छ।
David De Gea being tracked by PSG ahead of ambitious summer move | @reluctantnicko https://t.co/ReKmgLRBwd
— The Sun Football ⚽ (@TheSunFootball) March 6, 2021
द सनका अनुसार पिएसजीका कोच मौरिसियो पोचेटिनोले युनाइटेडका गोलकिपर डेभिड दे हेयालाई आफ्नो मुख्य लक्ष्यको रूपमा पहिचान गरेका छन् र ग्रीष्मकालीन विन्डोमा स्टार कीपरका साइन गर्न प्रयास गर्न सक्ने कुरा छ।
🚨 PSG are tracking De Gea’s situation ahead of an ambitious summer raid. They want to see if there is opening to snatch him at the end of the season. PSG are one of the few clubs who could pick up De Gea’s £375k wages & offer fee to interest #mufc #mujournal
— United Journal (@theutdjournal) March 7, 2021
पिएसजीको नयाँ गोलकिपरको खोजी तीव्र रहेको छ भने पिएसजीले एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मा र स्पर्सका गोलकिपर ह्युगो लोरीसमा पनि चासो देखाए पनि हाल स्पेनिस स्टार पिएसजीको सम्भावित लक्ष्य हुन सक्ने चर्चा छ।
Transfer news and rumours LIVE: Man Utd’s De Gea wanted by PSG https://t.co/Zr9Pck9vcj pic.twitter.com/mCBCmuJ34B
— Goal South Africa (@GoalcomSA) March 7, 2021
डेभिड दे हेया लगभग एक दशक देखि युनाइटेडमा खेल्दै आएका छन् , तर वर्तमानमा उनी अर्को सिजनमा पनि ओल्ड ट्रैफर्डमा रहने कुरा स्पष्ट छैन । राम्रो मूल्य पाए युनाइटेडले उनलाई बेच्न सक्ने छ भने उनको प्रति हप्ता £३७५,०००को ठुलो तलब अफ-लोड गर्न पनि युनाइटेड इच्छुक हुने कुरा छ।