ट्रान्सफर विन्डो सुरु भए पछि क्लबहरुको ट्रान्सफर गतिविधि सक्रिय हुन थालेको छ र फ्रेन्च क्लब पिएसजी नयाँ गोलकिपरको खोजीमा रहेको खबर छ। खबर अनुसार पिएसजीका नयाँ प्रबन्धक मौरिसियो पोचेटिनोको नेतृत्वमा क्लबको पहिलो ट्रान्सफर गोलकिपर हुने छ र पोचेटिनो टोटनह्यामका स्टार गोलकिपर ह्युगो लोरिस साइन गर्न इच्छुक छन्।
Tottenham ‘braced for PSG to try to lure No 1 Hugo Lloris away…and have started search for his replacement’ https://t.co/CRympeakMr
— MailOnline Sport (@MailSport) January 1, 2021
खबर अनुसार पोचेटिनो आफ्नो पुर्व किपर पिएसजीमा भित्राउन इच्छुक छन् र पिएसजीको निगरानी फ्रेन्च गोलकिपरमा हुँदा स्पर्स पनि उनको विकल्पको खोजीमा सक्रिय बनेका छन्।
यो दावी गरिएको छ कि स्पर्सले उनको विकल्पको रुपमा म्यानचेस्टर युनाइटेडका डिन हेंडरसन वा वेस्ट ब्रोमको साम जोनस्टोन साइन गर्ने छन्।
Spurs line up two replacements amid fears Hugo Lloris will join PSG | @CharlieWyett https://t.co/8568jRY3Sg pic.twitter.com/qNpClKSO1C
— The Sun Football ⚽ (@TheSunFootball) December 31, 2020
खबर अनुसार पोचेटिनो आफ्नो पुर्व क्लबका किपरको ठुलो प्रशंसक हुन् र पिएसजीमा लोरिस पोचेटिनोको पहिलो स्थानान्तरण हुन सक्ने छन्।