पिएसजीको नजर म्यानचेस्टर सिटीका स्टार आक्रमणकारीमा

आउँदो गर्मीको विन्डोमा पिएसजीले म्यानचेस्टर सिटीका आक्रमणकारी रियाद महरेज साइन गर्न सक्ने खबर छ।

यूईएफएले सिटीलाई वित्तीय निष्पक्ष खेल नियमहरूको ‘गम्भीर उल्ल ।्घन’ को लागि च्याम्पियन्स लिगबाट प्रतिबन्धित गरिएको थियो, र च्याम्पियन्स लिगको खोजीमा खेलाडीहरु क्लब छोड्न सक्ने खबर हुँदा, रियाद महरेजले पनि क्लब छोड्न सक्ने खबर छ।

लिग १का दिग्गज पिएसजी आफ्नो आक्रमणकारी शक्ति बढाउन अल्जेरियाका स्टार साइन गर्न आतुर छन्।

महरेजले यस सिजन सिटीको लागि ३७ खेल खेलेका छन् भने ९ गोल गर्दै १४ अस्सित गरेका छन्।