पिएसजीको नजर चेल्सीको गोलकीपरमा

पिएसजीका प्रमुख लियोनार्डोले चेल्सीका गोलकीपरमा केपाको स्थितिमा अनुगमन गर्दै गरेको खबर छ।

खबर अनुसार लियोनार्डो अर्को सिजनमा नाभासको बारेमा निश्चित छैनन् र उनको विकल्पको खोजीमा छन्।

र केपा लियोनार्डोको सर्टलिस्टमा रहेका छन्, पिएसजी निर्देशकसंग यस सिजन चेल्सी र केपा बीचको समस्याहरूबारे राम्रो जानकारी छ।

प्रबन्धक फ्रयान्क लाम्पार्ड र केपा बीचको केहि तनावको कारण केपाको चेल्सी भविष्यमा प्रस्न उठेको थियो,तर यसको बाबजुद पनि केपा युरोपभरि उत्कृष्ट गोलकीपर मध्ये एक हुन्, र उनले म्यानचेस्टर युनाइटेडका गोलकीपर डेभिड हेयालाई स्पेनकोको खेल बेञ्चमा बस्न बाध्य गरेका छन्।

खबर अनुसार पिएसजीले उनलाई साइन गर्न छलफल गर्दै गरेको छ।

चेल्सीले केपालाई विश्व कीर्तिमान मूल्य €८० मिलियनमा सेन गरेको थियो, तर उनको मूल्य हाल केहि कम हुने अपेक्षा गरिएको छ।