पिएसजीको नजर आर्सनलका स्टार स्ट्राइकरमा

पिएसजी पनि आर्सेनलका कप्तान पिएरे–एमरिक अउबमेयाङ साइन गर्ने दौडमा आएका छन्।

वर्तमान सम्झौतामा एक वर्ष मात्र रहे पछि – आर्सेनल आउँदो गर्मी मा आफ्नो स्टार स्ट्राइकर गुमाउने अवस्थामा पुगेका छन्।

बार्सिलोनाले अउबमेयाङलाई इन्टर मिलान स्टार लौटरो मार्टिनेजको विकल्पको रूपमा हेरेका छन् भने म्यानचेस्टर युनाइटेडले पनि उनि माथि चासो देखाएको छ।

र खबर अनुसार पिएसजीले पनि उनलाई साइन गर्न प्रयास गर्ने छन्।

खबर अनुसार क्लब प्रमुख लियोनार्डो पनि उनलाई क्लबमा भित्राउन उत्सुक छन्, र उनको लागि € ५५ मिलियन तिर्न पिएसजी तयार रहेको खबर छ।