२२ वर्षीय उरुग्वेन मिडफिल्डर म्यानुअल उगार्टे साइन गर्ने दौडबाट चेल्सी पछि हटेको जानकारी छ। पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा खेल्दै गरेका डिफेन्सिभ मिडफिल्डरलाई ६० मिलियन युरोमा साइन गर्न चेल्सी धेरै नजिक रहेको थियो तर उक्त दौडमा फ्रेन्च क्लब पिएसजी पनि सामेल भए पछि चेल्सी पछि हटेको जानकारी छ।
६० मिलियन युरोमा म्यानुअल उगार्टेलाई साइन गर्न चेल्सी अग्रिम चरणमा पुगेको र दुई बिच सम्झौता र कागजी कार्य पुरा हुन नजिक रहेको बेला फ्रेन्च क्लब पिएसजीले उनको लागि ६० मिलियन युरो भन्दा माथिको प्रस्ताव पठाए पछि चेल्सी उक्त दौडबाट पछि हटेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोले जनाएका छन्।
Breaking: Chelsea are pulling out of the Manuel Ugarte race, PSG are now in the lead to sign the player! 🚨🔵🇺🇾 #CFC
Player was open to Chelsea move — but PSG have offered more and Chelsea are not willing to pay well above what they consider Ugarte’s “market rate”. pic.twitter.com/XYaSuSgoAY
— Fabrizio Romano (@FabrizioRomano) June 4, 2023
२२ वर्षीय डिफेन्सिभ मिडफिल्डर म्यानुअल उगार्टेलाको खेल निकै उत्कृष्ट रहेको छ जसको कारण धेरै युरोपियन क्लबहरूको नजर उनी माथि परेको छ।
२०२१मा पोर्चुगिज क्लब स्पोर्टिङ सीपीमा एक म्यानुअल उगार्टे छोटो समयमै क्लबको एक महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित भएका छन्। उनले हाल सम्म स्पोर्टिङको लागि ८५ खेल खेल्दै १ गोल र २ असिस्ट गरेका छन्।
More on Manuel Ugarte deal. Personal terms 100% agreed with PSG, Chelsea deal off as reported yesterday night and final round of talks ongoing right now — Sporting and PSG, trying to get it done very soon 🚨🔴🔵 #PSG
PSG advisor Luis Campos, crucial in this deal after Asensio. pic.twitter.com/ApzzbXVeSl
— Fabrizio Romano (@FabrizioRomano) June 5, 2023
स्पोर्टिङ सँग उनको सम्झौता २०२६ सम्म रहे पनि ठुलो प्रस्ताव आए उनलाई बेच्न स्पोर्टिङ तयार हुने स्पष्ट भएको छ र हाल उनलाई साइन गर्न मुख्य दाबेदारको रुपमा पिएसजी रहेको छ।