पिएसजीका स्टार प्रिमियर लिगमा फर्किन सक्ने

पिएसजीका नयाँ स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम प्रिमियर लिगमा फर्किन सक्ने खबर रहेको छ। गत ट्रान्सफर विन्डोमा स्टार मिडफिल्डर लिभरपुलबाट फ्री एजेन्टको रुपमा लिग वान क्लब पिएसजी गएका थिए तर उनले फ्रेन्च क्लबमा धेरै खेल समय पाएका छैनन् र उनी हाल प्रिमियर लिगमा फर्किन सक्ने चर्चा छ।

३१ वर्षका डच स्टारले नयाँ क्लबमा आफ्नो स्थितिबाट खुसी नरहेको स्वीकारेका थिए भने हाल खबर अनुसार उनलाई लोनमा साइन गर्न आर्सनल इच्छुक रहेको छ। लिभरपुलमा उनको खेल निकै राम्रो थियो भने उनको सम्झौता अन्त्य भए पछि पिएसजीले बार्सालाई पछि पार्दै उनलाई साइन गरेको थियो तर मौरिसियो पोचेटिनोको नेतृत्वमा उनले पिएसजीमा धेरै खेल समय पाएका छैनन्।

गनर्सका स्टार मिडफिल्डर थोमस पार्टे र मोहम्मद एल्नेनी हाल अफ्रिकन कप अफ नेसन खेल्न जाने छन् र क्लब खेलमा दुई उपलब्ध नहुने भए पछि आर्सनलले नयाँ मिडफिल्डर साइन गर्न सक्ने जानकारी छ र जर्जिनियो विज्नाल्डममा आर्सनलको नजर रहेको खबर छ।

आर्सनल उनलाई लोनमा साइन गर्न इच्छुक रहेको फोरफोरटुले जनाएको छ भने विज्नाल्डम पनि प्रिमियर लिगमा फर्किन इच्छुक हुने रिपोर्ट छ।