पिएसजीका स्टार क्लबमै रहन इच्छुक

पिएसजीका नयाँ स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम यो ट्रान्सफर विन्डो लोनमा अन्य क्लबमा जान इच्छुक रहेको जानकारी थियो भने हाल उनी क्लबमै रहन तयार रहेको खबर छ।

। गत ट्रान्सफर विन्डोमा स्टार मिडफिल्डर लिभरपुलबाट फ्री एजेन्टको रुपमा लिग वान क्लब पिएसजी गएका थिए तर उनले फ्रेन्च क्लबमा धेरै खेल समय पाएका छैनन् भने यो ट्रान्सफर विन्डो उनले लोनमा भए पनि क्लब छोड्न सक्ने खबर थियो।

हाल खबर रिपोर्ट अनुसार उनी यस महिना पिएसजीमा रहन चाहन्छन् र पिएसजीमा आफ्नो पहिलो सिजन सकेसम्म राम्रो तरिकाले समाप्त गर्न र परिस्थितिलाई मोड्न चाहन्छन्।

३१ वर्षका डच स्टारले प्रिमियर लिगमा फर्किन सक्ने चर्चा रहेको थियो भने तर अब उनले क्लब नछोड्ने जानकारी छ भने पिएसजीमा आफ्नो ठाउँको लागि उनले चुनौतीको सामना गर्ने छन्।

लिभरपुलमा उनको खेल निकै राम्रो थियो भने उनको सम्झौता अन्त्य भए पछि पिएसजीले बार्सालाई पछि पार्दै उनलाई साइन गरेको थियो तर मौरिसियो पोचेटिनोको नेतृत्वमा उनले पिएसजीमा धेरै खेल समय पाएका छैनन्।