पिएसजीका स्टारलाई चेल्सीमा भित्राउने टुचेलको योजना

चेल्सीका कोच थोमस टुचेल आफ्नो पुर्व क्लब पिएसजीका स्टार स्ट्राइकर माउरो इकार्डीलाई चेल्सीमा भित्राउन इच्छुक रहेको खबर छ।

खबर अनुसार राम्रो प्रस्ताव आए पिएसजीले उनलाई बेच्न तयार हुने छ र चेल्सी हाल नयाँ स्ट्राइकरको खोजीमा रहेको छ। क्लबमा टिमो वर्नरको गोलको खडेरीले क्लबलाई गाह्रो बनाएको बेला सर्जियो अगुरो जस्तो स्ट्राइकरको नाम चेल्सी सँग जोडिएको छ।

डन बलनका अनुसार थोमस टुचेल आफ्नो पुर्व खेलाडी इकार्डी सँग चेल्सीमा पूर्ण मिलन गर्न इच्छुक छन् उनले पिएसजीबाट सिल्भालाई पनि साइन गरेका थिए भने हाल उनी पिएसजीका स्टार स्ट्राइकरलाई चेल्सीमा भित्राउन इच्छुक छन्।

उनको मूल्य €५५ मिलियन हुन सक्ने खबर छ जुन चेल्सीको मुख्य लक्ष्य मध्ये एक हलान्ड भन्दा धेरै सस्तो रहेको छ।