पिएसजीका दुई सुपरस्टारलाई साइन गर्न रियललाई क्लब लेजेण्डको आग्रह

रियल म्याड्रिडका पुर्व स्टार खेलाडी गुटीको विश्वास छ कि रियलले पेरिस सेन्ट-जर्मेनका स्टार जोडी नेमार र एम्बाप्पेलाई साइन गर्नु पर्छ।

ला लिगा च्याम्पियन्स म्याड्रिडले पिएसजीका स्टार एम्बाप्पेलाई २०२१मा साइन गर्ने चर्चा हुदै गर्दा पुर्व बार्सा स्टार नेमारलाई पनि साइन गर्न गुटीको आग्रह रहेको छ।

“म भएको भए नेमार र र एम्बाप्पेलाई रियलमा साइन गर्थे। गुटीले एल क्लासिको अघि एक अन्तर्वार्तामा भने।

पुर्व स्टार रियल गुटी, नेमार र एम्बाप्पेका फ्यान हुन् भने दुईलाई आफ्नो क्लब रियलमा देख्न पाए आफु खुसी हुने उनले बताए।

एल क्लासिको बारे उनले थप छलफल गर्दै भने। “यस खेलमा धेरै उत्कृष्ट खेलाडीहरू छन्, तर म युवा खेलाडीहरु हेर्न उत्साहित छु।

“पक्कै पनि बार्सिलोनाका अन्सु फाती र रियल म्याड्रिडमा भिनिसियस [जुनियर]ले यो खेलमा आफ्नो प्रतिभा देखाउन सक्छन् र प्रभाव पार्न सक्छन् । उनीहरू धेरै प्रतिभाशाली खेलाडीहरू हुन् जसले ला लिगामा धेरै ल्याउन लागेका छन्।”