पिएसजीका डिफेन्डर साइन गर्दै चेल्सी

चेल्सी पिएसजीका अनुभवी डिफेन्डर साइन गर्न धेरै नजिक रहेको खबर छ। चेल्सीको डिफेन्स गत सिजन केहि कमजोर रहेको थियो, र फ्रयान्क लाम्पार्डले आफ्नो डिफेन्समा केहि खेलाडी थप गर्ने छन्।

खबर अनुसार चेल्सी पिएसजीका ब्राजिलियन डिफेंडर थाआगो सिल्भा साइन गर्न धेरै नजिक छन्। ३५ बर्स रहेका डिफेन्डर अझै शीर्ष वर्गका खेलाडी को रुपमा छन्, र उनी स्वतन्त्र ट्रान्सफरमा उपलब्ध हुने छन् ।

खबर अनुसार खेलाडी र क्लब बीच वार्ता भएको पुष्टि भएको छ र चेल्सीले उनलाई चाँडै भित्राउने छ। उनी केवल छोटो अवधिको विकल्प हुनेछन् तर उनी टोली सुधार गर्न पर्याप्त छन्, र उनले टिममा अनुभव ल्याउनेछन् जुन युवा खेलाडीको लागि राम्रो हुने छ ।

सिल्भालाइ साइन गरेर चेल्सीलाई नयाँ युवा खेलाडी खोज्न एक वा दुई बर्ष दिने छ भने चेल्सीले धेरै रकम पनि खर्च गर्नु पर्ने छैन।