पिएसजीका डिफेन्डर कोरोना संक्रमित

एजेन्सी, पिएसजीका डिफेन्डर एक्राफ हाकिमीमा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएसंगै उनी आइसोलेशनमा बसेका छन ।

हाकिमी इन्टरबाट जुलाइ ६ मा पिएसजी आएको थियो । उनी १० दिन सम्म आइसोलेशनमा बस्ने छ ।

पिएसजीको प्रि-सिजन खेल एफसी चाम्ब्लेविरुद्धको खेल उनले गुमाउन पुगेका हुन ।

खेल २-२ गोलको बराबरीमा टुंगिएको छ । मौरो इकार्डी र जाभी सिमोन्सले एक एक गोल गरे । पिएसजीको टोलिमा मात्र तीन जना सिनियर खेलाडी मैदान उत्रिएका थिए । केलोर नाभास, इड्रिसा गेये र इकार्डी खेलेका थिए ।