पिएसएल जुनमा खेलाउने तयारी

एजेन्सी, पाकिस्तान सुपर लिग क्रिकेटको २०२१ को संस्करण जुनमा शुरुहुने सम्भावना रहेको छ ।

कोरोनाका कारण बीचमै रोकिएको प्रतियोगिता जुनमा शुरु गर्ने गरि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले योजना बनाएको छ ।

सबै खेलहरु अब कराँचीमा हुने छन् । पाकिस्तानी क्रिकेट टिमले अप्रेलमा दक्षिण अफ्रिकाविरुद्धको सिरिजका लागि जाने भएकाले जुनको विन्डो बोर्डसँग विकल्प रहेको छ ।

पीसीबीले पीएसएलका बाँकी २० वटा खेल आयोजना गर्नुपर्ने छ ।

कोरोना भाइरस महामारीका कारण चार मार्चमा पीएसएल स्थगित भएको थियो । केही खेलाडीमा कोरोना पोजेटिभ देखिए पछि प्रतियोगिता नै स्थगित भएको थियो ।