पिएसजीमा नेमारको यस्तो उत्कृष्ट प्रस्ताव किन स्वीकार नगरेको भनेर मेस्सीले खुलाए 

फ्रेन्च क्लब पिएसजीले अर्जेन्टिनाका सुपरस्टार मेस्सीलाई साइन गर्न प्रयास गर्दै गरेको बेला ब्राजिलियन सुपरस्टार नेमारले आफ्नो पूर्व टिम मेट मेस्सीलाई क्लबमा भित्राउन आफ्नो १० नम्बरको जर्सी मेस्सीलाई दिन तयार रहेको धेरै चर्चा भएको थियो।

तर मेस्सीले नेमारको सो प्रस्ताव अस्वीकार गर्दै पिएसजीमा आए पछि ३० नम्बरको जर्सी लगाए। र हाल उनले नेमारको सो प्रस्तावको ’bout बोलेका छन् भने उक्त प्रस्ताव किन स्वीकार नगरेको भनेर मेस्सीले खुलाएका छन्।

“१० नम्बरको जर्सी उहाँकै हो,” मेस्सीले मार्काको प्रश्नको जवाफ दिँदै भने।

“म नयाँ टोलीमा आएको छु। क्लबलाई मद्दत गर्न र यो उनको तर्फबाट निकै अद्भुत सम्मान थियो – मैले यो कुरा नेमारबाट अपेक्षा गरेको थिए ’cause म नेमारलाई चिन्छु।

“हामीले बार्सिलोनामा सँगै समय बिताएका छौ र हामी साथी हौँ। तर १० नम्बरको जर्सी उनले नै राखे बढी उचित हुने थियो त्यसैले मैले मलाई मन परेको अर्को नम्बरको जर्सी लिए।”

मेस्सी आफ्नो १० नम्बरको जर्सीको लागि धेरै प्रसिद्ध छन् जुन उनले बार्सा र अर्जेन्टिनामा धेरै समय देखि लगाएका छन् भने हाल पिएसजीमा नेमारले उक्त जर्सी लगाउने गरेका थिए र मेस्सीको लागि उनी उक्त जर्सी छोड्न तयार पनि रहेका थिए।