‘पावर रर्याङकिङ’ : बार्यन म्युनिख एक नम्बरमा, बार्सिलोना र युभेन्टसको स्थान कहाँ ?

चर्चित सञ्चार संस्थाले गरेको युरोपका शीर्ष क्लबहरूको ‘पावर र्याङकिङ’मा जर्मन क्लब बार्यन म्युनिख अगाडि देखिएको छ । ‘इएसपिएन’ ले युरोपका ‘कुलिन क्लब’हरूको शक्ति वर्गीकरण गर्दा बार्यन पहिलो नम्बरमा देखिएको हो ।
‘इएसपियन’ले गरेको शक्ति वर्गीकरणमा क्लबका ‘अफिसियल सपोटर्स’हरूको सहभागिता रहेको जनाएको छ । सर्वेक्षणमा क्लबका ‘अफिसियल समर्थक’को भोट समावेश भएको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनअनुसार जर्मन लिग बुन्डसलिगा विजेता बार्यन सबैभन्दा शक्तिशाली देखिएको हो । त्यसपछि दोस्रो नम्बरमा स्पेनिस रियल मड्रिड रहँदा तेस्रो नम्बरमा बार्सिलोना रहेको छ ।

चौथो नम्बरमा इटालियन इन्टर मिलन छ भने पाँचौंमा बोरुसिया डर्टमुन्ड रहेको छ । छैटौं नम्बरमा स्पेनिस एथ्लेटिको मड्रिड रहँदा सातौंमा एसी मिलान छ ।

तर, सुपरस्टायर क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टस भने आठौं स्थानामा मात्रै रहेको छ । त्यसपछि इंग्लिस क्लब लिभरपुल नवौं स्थानमा रहँदा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटी १०औं स्थानमा रहेको छ ।