पारस सहित चार खेलाडी टि–ट्वान्टी वरियतामा

Nepal skipper Paras Khadka plays a shot against Gloucestershire XI during their practice match at the Bath Cricket Club grounds in Somerset on Monday. Photo: THT

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित चार खेलाडी आइसीसी टि–ट्वान्टी वरियतामा सुमावेश भएका छन् । पारस र शरद भेषवाकर ब्याटिङतर्फ र बसन्त रेग्मी र सोमपाल कामी बलिङतर्फ शीर्ष सयको सुचीमा परेका हुन् ।

पारस खड्का:
ब्याटिङतर्फ नेपालका कप्तान पारस खड्का ८९औँ तथा शरद भेषावकर ९८औँ स्थानमा छन् । वरीयतामा पारस किरण पोलार्ड, जर्ज बेली जस्ता खेलाडी भन्दा अगाडि छन् भने शरदपछि वेष्टइन्डिजकै डारेन शामी र जिम्बावेका सिकन्दर राजा छन् । पारसको २ सय ६५ तथा शरदको २ सय ३८ रेटिङ अंक छ ।

शरद भेषावकर:
यस्तै बलिङतर्फ स्पिनर बसन्त रेग्मी बलिङतर्फ ७१औँ तथा फास्ट बलर सोमपाल कामी ९२औँ वरीयतामा छन् । बसन्तको ३ सय ९७ तथा सोमपालको ३ ष् ि३८ रेटिङ छ । टी–ट्वान्टीको ब्याटिङतर्फ अष्ट्रेलियाका आरोन फिन्च तथा बलिङतर्फ अफगानिस्तानका रसिद खान शीर्ष स्थानमा छन् ।

बसन्त रेग्मी:
यस्तै पारस खड्का टी–ट्वान्टी अलराउण्डरतर्फ ३७औँ स्थानमा छन् । सोमपाल ५७औँ स्थानमा छन् । यसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो स्थानमा छन् ।
नेपालले तीन वर्षपछि आइसीसीको टी–ट्वान्टी मान्यता प्राप्त खेलपछि खेलाडीहरु वरीयतामा समावेश भएका हुन् ।

सोमपाल कामी:
यसअघि पनि नेपालले २०१४ मा बंगलादेशमा टी–ट्वान्टी विश्वकप र नेदरल्याण्ड्ससँग २०१५ मा टी २० इन्टरनेशनल सिरिज खेलेपछि नेपाली खेलाडीहरु टी २० वरीयतामा समावेश भएका थिए । त्यतिबेला पारस ब्याटिङतर्फ ६४औँ स्थानमा थिए । जुन नेपाली ब्याट्सम्यानको उच्च वरियता हो ।