पाकिस्तान क्रिकेट बोर्डले बीसीसीआई २० लाख डलर क्षतीपूर्ति तिर्नुपर्ने

पाकिस्तान क्रिकेट बोर्डले बीसीसीआईलाई २० लाख डलर क्षतीपूर्ति तिर्नुपर्ने भएको छ।

बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदनलाई आईसीसीले अस्वीकार गरेपछि उल्टै पाकिस्तान क्रिकेट बोर्डले क्षतिपूति रकम तिर्नु पर्ने आइसिसिले जनाएको छ।

सन् २०१४ देखि २०२३ सम्म हुनुपर्न दुई पक्षीय सिरिजको सम्झौता अनुसार नभएको भन्दै अघिल्लो महिना पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आईसीसीको विवाद समाधान समिति (डिआरसी)मा निवेदन दिएको थियो।

६ करोड तीस लाखको क्षतिपूर्ति दाबीसहित पीसीबीले दिएको निवेदन थियो।  पीसीबीले यसका लागि कानुनी प्रक्रिया पुरा गर्न मात्र १० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको जनाएको छ।

तर आईसीसीको विवाद समाधान समितिले पीसीबीलाई उल्टो २० लाख अमेरिकी डलर बीसीसीआईमा बुझाउन निर्देशन दिएको छ।

पीसीबीले भारतीय क्रिकेट बोर्डमाथि द्विपक्षीय श्रृंखलासँग सम्बन्धी सहमति पत्र (एमओयू) को पालना नगरेको आरोप लगाएको थियो।

पीसीबीले बीसीसीआईमाथि एमओयूको पालना नगरेको भन्दै ६ करोड ३० लाख डलर रूपैयाँको क्षतिपूर्तिसमेत मागेको थियो।

एमओयुमा भएको सम्झौता अनुसार भारतले सन् २०१५ देखि सन् २०२३ को बिचमा पाकिस्तान र भारतबीच ६ द्विपक्षीय शृंखला हुनुपर्थ्यो।

बीसीसीआईले पाकिस्ताको जवाफ दिँदै एमओयू अनुसार खेल्नुपर्ने बाध्यकारी नभएको बताएको थियो।

सन् २०१५ देखि २०२३ को बीच सबै राष्ट्रले दुई पक्षीय रुपमा क्रिकेट खेल्नुपर्ने आइसिसीको वैधानिक नियमको भारतले पालना नगरेको आरोप पाकिस्तानले लगाएको थियो। यसका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) सँग क्षतिपुर्ति माग गर्दै पाकिस्तानले आइसिसिमा मुद्दा हालेको थियो।

भारत र पाकिस्तानबीच सन् २००७ मा अन्तिमपटक क्रिकेट सिरिज भएको थियो । पाकिस्तानले अन्तिमपटक भारतीय भूमिमा सन् २००७ मै टेस्ट सिरिज खेलेको थियो । त्यसपछि दुई राष्ट्रबीच क्रिकेट सिरिज भएको छैन । सन् २०१३ मा पाकिस्तान भारतमा खेल्न राजी भएको थियो । तर, सन् २००८ को मुम्बई आक्रमणको बहाना बनाउँदै भारतले पाकिस्तानसँग नखेल्ने घोषणा गर्‍यो ।