पाकिस्तानी स्ट्राइकर आदिलले ए डिभिजन लिग खेल्ने

काठमाडौं, पाकिस्तान राष्ट्रिय टिमका सदस्य मुहामेद अदिलले आसन्न ए डिभिजन लिग खेल्ने भएको छ।

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै नेपालमा फुटबल खेल्ने जनाए। यधपी, उनले कुन क्लबबाट खेल्ने खुलाएका छैनन्।

आदिल पाकिस्तान राष्ट्रिय टिमको २०१५ सम्म नियमित सदस्य रहेका थिए। सन २०११ मा डेब्यु गर्दै उनले १९ खेल खेलिसकेका छन।

पाकिस्तानी लिगसंगै क्रिगिस्तान, अष्ट्रेलियाका लिगमा खेलेको अनुभव उनिसंग छ।