पाकिस्तानी मुलका युवा खेलाडीले गरे म्यान्चेस्टर युनाइटेडसंग सम्झौता

म्यान्चेस्टर युनाइटेडका युवा खेलाडी जिदान इक्बालले क्लबसंग व्यावसायिक सम्झौता गरेका छन् ।

जिदानले पाकिस्तान, बेलायत र इराक मध्ये कुनै पनि देशहरुका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न योग्य छन् ।

उनका बुवा पाकिस्तानी हुन् भने आमा इराकी मुलका हुन् र उनी बेलायतमा जन्मेका हुन् ।

जिदानले म्यान्चेस्टर युनाइटेडको यु-१८ र यु-२३ का लागि खेल्ने गर्छन् ।

यी १७ वर्षीय खेलाडीले अट्याकिङ मिड्फिल्डबाट खेल्ने गर्छन् ।