पाउल पोग्बा हटाई सोल्स्कायरले टोके नयाँ ‘पेनाल्टी टेकर ‘

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्स्कायरले नयाँ पेनाल्टी टेकर तोकेका छन्।

पाउल पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि विवादित बन्दै आएको अवस्थामा प्रशिक्षकले अब देखि म्यानचेस्टर युनाइटेडले पाउने पेनाल्टी हान्ने जिम्मा मार्कस रासफोर्डलाई दिएको छ।

पोग्बाले उल्भ्सविरुद्धको खेलमा पेनाल्टी गोलमा परिणत गर्न नसक्दा युनाइटेड १-१ को बराबरीमा चित्त बुझाउँन परेको थियो। फलस्वरुप पोग्बाको चारैतिर विरोध भएको थियो ।