बुधवारको कोपा इटालियामा पाउलो डिबालाले लगातार तीन ‘वन-टु’ पछि जुभेन्टसका हिग्युनलाई गोल गर्न मदत गरे।
युभेन्टसले यूडिनीज बिरुद्ध ४-०को जित हासिल गरे र मुख्य कुराकानीको कुरा दुई अर्जेन्टिनाका स्टार बीचको सुन्दर मेल र लिंक अप प्ले थियो।
खेलको पहिलो गोल तब आयो जब दुबैले एक अर्काको बीच उत्कृष्ट पासोहरु बनाए, जस्लाई वन-टु पनि भनिन्छ।
डिबालाले उक्त लिंक अप प्लेको अन्तिममा हिग्युनलाई डि बक्स भित्र निकै राम्रो पास दिए उक्त पासको सदुपयोग गर्दै हिग्युनले युभेन्ट्सलाई अघि बढाएका।
Okayyy
This Higuain x dybala link up is crazy and unreal 🔥 pic.twitter.com/LJlxtK8z7g— About Utd. (@AboutUtd) January 15, 2020
ट्विटरमा फ्यानहरूले उक्त गोल र ‘वन-टु’ खेल शैलीको धेरै प्रशंसा गरे।
Let’s talk again about how Tici wanted Higuain and Dybala out the door pic.twitter.com/jWtpwlwd4w
— MickFlairDrip (@m1897) January 15, 2020
Higuain and dybala should start over Messi for Argentina
— Daniel (@Dannn777) January 15, 2020
२६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । उनले हिग्युनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
कोस्टाले ६१ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए ।
FT | ⏱ | AI QUARTI!
La Juve passa il turno… e come lo passa! Gol, spettacolo e applausi all’Allianz Stadium, 4-0 il finale! 👏👏👏👏👏⚽️ @G_Higuain
⚽️⚽️ @PauDybala_JR
⚽️ @douglascosta #JuveUdinese #CoppaItalia pic.twitter.com/vGY4khhRHU— JuventusFC (@juventusfc) January 15, 2020
खेलको दिन क्रिस्टियानो रोनाल्डो बिरामी परेका थिए । सोही कारण उनले खेल गुमाउन पुगे ।
यस्तै, पाँच पटकको कोपा ईटालियाको विजेता एसी मिलानले समेत स्पेललाई ३–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।