पाउलो डिबालालाई साइन गर्न खोज्दै पिएसजी

फ्रेन्च क्लब पिएसजीले युभेन्टसका पाउलो डिबालालाई साइन गर्न खोज्दै गरको खबर आएको छ। खबर अनुसार डिबालाको लागि पिएसजीले युभेन्टस संग सम्पर्क गरेको छ।

नेमारले पेरिस छोड्ने लगभग पक्का हुदै गर्दा पिएसजीले उनको प्रतिस्थापनको खेलाडी खोज्दै गरेको खबर छ र युभेन्टसका २५ बर्षे स्टार डिबालालाई आफ्नो लक्ष्य बनाएको खुलेको छ।

RMC Sports को अनुसार पिएसजीको क्लब अध्यक्ष, लियोनार्डोले डिबालाको प्रतिनिधिसंग पनि कुरा गरिसकेका छन्।

पिएसजीको प्रस्तावमा अर्जेन्टीनाका स्ट्राइकर डिबालाले पनि राम्रो रुचि देखाएको खुलेको छ। पिएसजीले उनको लागि €५० मिलियन सम्म तिर्न तयार रहेको खुलेको छ।