‘पाउलो डिबालालाई प्रिमियर लिग खेल्न निकै गारो हुने छ’

पुर्व म्यान्चेस्टर युनाइटेड स्टार दिमितार बर्बातोवले डिबाला प्रिमियर लिग खेल्न सक्ने बारे आफ्नो विचार अगाडी राखेका छन्। डिबाला म्यान्चेस्टर युनाइटेड आउन सक्ने कुरा आउंदै गर्दा उनि विश्वास गर्दा छन् कि डिबालालाई प्रिमियर लिग खेल्न गारो हुन सक्ने छ र उनले धेरै संघर्ष गर्न पर्ने छ।

प्रिमियर लिगलाई शारीरिक रूपमा धेरै कठिन लिग भएको मानिन्छ र धेरै खेलाडीहरु उक्त शैली अपनाउन नसक्दा क्लबमा असफल भएको धेरै उदाहरणहरु छ।

“म डिबालाको फ्यान हु, उनि निकै राम्रो खेलाडी हुन्, उनको सोचाई, किकको शक्ति र पासहरु निकै उत्कृष्ट छ”- दिमितार बर्बातोव

“तर उनको उचाई धेरै छैन र उनि सानो ज्यान भएको खेलाडी हुन् के उनि प्रिमियर लिगमा जसमा धेरै शारीरिक दबाव छ, खेल्न सक्लान त?”

“उनको जस्तो अरु खेलाडी पनि छन् जसले प्रिमियर लिगमा राम्रो गरे जस्तो डेभिड सिल्वा, उनि एक लेजेन्द हुन्, तर सबैको भविष्य एउतै हुन्दैन”

“पाउलो डिबालालाई प्रिमियर लिग खेल्न निकै गारो हुने छ र उनले धेरै संघर्ष गर्न सक्ने छ”