पाउलो डिबालाको मद्दतमा पोग्बा साइन गर्ने युभेन्टसको योजना

युभेन्टस पोग्बाका एजेन्ट मिनो राइओलासँग वार्तामा रहेको खबर आएको छ, म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बालाई क्लबमा फिर्ता ल्याउने युभेन्टसको योजना रहेको खबर छ।

खबर छ कि फ्रान्सेली स्टार युभेन्टसमा फेरी पनि डिबालासंग खेल्न इच्छुक छन् र युभेन्टसमा डिबालासंग पुनर्मिलन गर्न सक्छन।

पोग्बाले म्यानचेस्टर युनाइटेड फर्किनु अघि युभेन्टसका लागि डिबालासँगै एक बर्ष खेलेका थिए।

टुटोस्पोर्टका अनुसार पोग्बा अर्जेन्टिनाका स्टार डिबालासँग फेरि खेल्ने “सपना देखिरहेछन्” र युभेन्टसले यो अवस्थामा डिबालाको प्रयोग गरेर पोग्बालाई साइन गर्ने योजना बनाएको छ।

यो सिजन पोग्बाको लागि निराशाजनक रहेको छ चोटको कारण उनले केवल सात प्रिमियर लिग खेल खेलेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ