पाउलो डायबाला दिएर पोग्बा साइन गर्ने युभेन्टसको योजना

युभेन्टसले आफ्नो प्रस्तावमा पाउलो डायबालालाइ समावेश गरेर म्यान्चेस्टर युनाइटेडबाट पोग्बा साइन गर्ने योजना बनाएको खबर आएको छ। रियल म्याड्रिडले पनि पोग्बा साइन गर्ने चासो देखाएको छ रियलले पनि आफ्नो प्रस्तावमा बेललाइ समावेश गरेको थियो र युभेन्टसले पनि सोहि तरिकाले युनाइटेड प्रभावित गर्न आफ्नो प्रस्तावमा पाउलो डायबाला राख्ने कुरा अगाडी आएको छ।


सर्रीले आफ्नो टिममा पोग्बा राख्न चासो देखाए पछि युभेन्टसले पोग्बालाइ फेरी साइन गर्ने खोजेको हो। पोग्बाले क्लब छोड्ने कुरा आउंदै गर्दा केहि पनि कुरा भने पक्का भएको छैन र युनाइटेडले पोग्बा बेच्ने आफ्नो रुचीमा नरहेको बताएको थियो।