पाँच बर्समा सर्ज गनाब्रीको जीवनमा अविश्वसनीय परिवर्तन

पाँच वर्षमा धेरै परिवर्तन हुन सक्छ। २०१५मा सर्ज गनाब्री वेस्ट ब्रोमविच अल्बियनमा नियमित खेल-समय प्राप्त गर्ने आशामा लोनमा गएका थिए। उनले आर्सनलमा राम्रो खेल समयको खोजीमा थिए।

तर उनले धेरै मौको पाएनन् त्यो वर्ष जर्मन विंगरले कूल १३७ मिनेट खेले, प्रिमियर लिगमा चेल्सी बिरूद्ध क्यामियो र लिग कपको दुई खेल। त्यस समयमा वेस्ट ब्रोमका प्रबन्धक टोनी प्युलिसले पनि उनि माथि विश्वास गरेनन् र टोनी प्युलिसले सर्ज गनाब्री वेस्ट ब्रोममा खेल्ने स्तरमा नरहेको बताए।

“सर्ज यहाँ खेल खेल्न आएको हुन् तर उहाँ अहिलेसम्म यहाँ खेल्नको निम्तिको स्तरमा छैन जस्तो मलाई लाग्छ,” टोनी प्युलिसले अक्टूबर २०१५मा एक्सप्रेस एण्ड स्टार अखबारलाई भने।

“उनी एकेडेमी फुटबलबाट आएका हुन् र धेरै लीग फुटबल खेलेका छैनन् – के एकेडेमी फुटबलले वास्तवमै लिग फुटबलका लागि खेलाडीहरू तयार गर्छ? र हामी यहाँ प्रिमियर लिग फुटबलको कुरा गरिरहेका छौं।

“एक कोचको रूपमा तपाईले टोली रोज्नुहुन्छ जुन फुटबलको खेल जित्नको लागि। तपाईले आफ्नो सर्वश्रेष्ठ टोली रोज्नुहुन्छ – खेलाडीलाई खेलले रोज्ने हो मान्छे मनपर्दैन, यसकारण, वा अन्य व्यक्तिगत कुराले होइन।”

उनको लोन सम्झौता धेरै चलेन र उनलाई अन्त्यमा आर्सनलले बेचे। त्यो समयको ५ बर्स पछि हाल उनि एक उत्कृष्ट विंगरको रुपमा अगाडि आएका छन् र बायर्न म्युनिखलाई फाइनलमा पुग्न धेरौ मद्दत गरेका छन्। हाल मात्र भएको लियोन बिरुद्ध खेलमा उनले २ गोल गरे र आफ्नो प्रतिभा उनले संसारलाई देखाएका छन्।