पाँच फाइनल, पाँच उपाधि

एजेन्सी । रोमाले युरोपा कोन्फेरेन्स लिग जित्दै एतिहासिक जित दर्ता गराएको छ । यसको, मुख्य श्रेय मुख्री प्रशिक्षक जोसे मोरिन्होलाई जान्छ । उनको, यो पाचौं युरोपेली उपाधी समेत हो ।

उनले यस अघि च्याम्पियन्स लिग र युरोपा लिग दुबै जितिसकेको छ । उनको रोमाले डच क्लब फेयर्नुडलाई १-० गोलले हराउदै एतिहासिक सफलता हात पारेको हो ।

त्यस्तै, अर्को रोचक कुरा के छ भने मोरिन्होको यो पाचौं युरोपेली फाइनल हो र उनले पाँचै फाइनल खेल जित्न सफल पनि भए ।

मोरिन्होको पहिलो युरोपेली उपाधी पोर्टोबाट जितेका थिए । यस्तै, उनले इन्टर मिलान, म्यान्चेस्टर युनाईटेड र रोमाबाट युरोपेली उपाधी जितेका छन ।