रियाल म्याड्रिडका स्टार मिडफिल्डर टोनी क्रुसको विश्वास छ कि उनि अर्को च्याम्पियन लिगको उपाधि जित्न सक्छन।
.@ToniKroos : “If you have had the feeling of winning the Champions League, you will want it again & again.” pic.twitter.com/InGVQqrvkt
— Real Madrid Xtra (@RealMadridXtra) January 28, 2021
उनि संग चार च्याम्पियन्स लिग पदकहरू भए पनि, उनी आफ्नो पाँचौं पदक जित्न चाहन्छन्। “यदि तपाईले च्याम्पियन्स लिग जितको भावना पाउनु भएको छ भने तपाईले बारम्बार यो चाहानुहुन्छ,” टोम जुनकर्सडोर्फको पोडकास्टमा क्रुसले भने।
“कहिलेकाँही एक वा दुई बर्ष लाग्छ, जुन बुझ्न सकिन्छ किनकि अरुले पनि यसलाई जित्न चाहान्छन्, तर तपाईले अनुभव गरिसकेपछि यो भावना हराउँदैन: तपाईलाई यो फेरि चाहानुहुन्छ। चारवटा च्याम्पियन्स लिग भए पनि म पाँचौं चाहान्छु।”
my objective is to win a fifth Champions League- Toni Kroos https://t.co/qBJkOHpdIf
— PENG MEDIA GH (@pengmediagh) January 27, 2021
रियल म्याड्रिड एक यस्तो क्लब हो जसले जितको त्यस्तो चाहनाको माग गर्दछ, र यो क्रुसले रियलमा आफ्नो पहिलो दिनदेखि थाँहा पाए।
“मेरो प्रस्तुतीकरणको दिन … त्यहाँ ३०,००० मानिस थिए, खेलको लागि होइन तर मेरो प्रस्तुतीको केहि सेकेन्ड हेर्नको लागि थिए,” क्रुसले भने।
“मैले देखेको वा अनुभव गरेको कुराहरु भन्दा यो फरक थियो। यहाँ वर्तमान र अर्को ट्रफी जित्नु महत्वपूर्ण छ।”