पहेंलो कार्ड पाउने पहिलो प्रिमियर लिग म्यानेजेर बने पेप गार्डियोला

म्यानचेस्टर सिटिका म्यानेजेर पेप गार्डियोला पहेंलो कार्ड पाउने पहिलो प्रिमियर लिग म्यानेजेर बन्न सफल भएका छन्। कम्युनिटी शिल्डको खेलमा जो गोमेजले फ़ाउल गर्दा पेप रेफरी माथि आक्रोसित हुदै गुनासो गर्न थाले पछि रेफरीले उनलाई पहेंलो कार्ड देखाए।

४८ वर्षका पेप निकै आक्रोसित देखिन्थे, लिभरपूलका डिफेन्डर बिरुदको फ़ाउलको माग गर्दै उनि रेफरीलाइ गुनासो गर्न पुगे र रेफरी मार्टिन एटकिन्सनले उनलाई पहेंलो कार्ड देखाए।

पहेंलो कार्ड पाए संगै पेप गार्डियोला चुप लग्न बाध्य भए। इंग्ल्याण्डका फुटबल संघले २०१८/१९ सिजन देखि कप खेलहरु मा म्यानेजेरलाई पनि कार्ड देखाउने प्रक्रिया शुरू गरे र पेप गार्डियोला पहेंलो कार्ड पाउने पहिलो प्रिमियर लिग म्यानेजेर बनेका छन्।