पहिलो हाफमा ८ गोल खाए पछि दोस्रो हाफ नखेली खेलाडीहरु घर फर्किए

हेलेनिक लीग डिभिजन वन ईस्टका दुइ टिम बीचको खेलले असामान्य परिस्थिति देख्न पर्यो।

इंग्लिश क्लब अबिंग्डन टाउनले आफ्नो मुख्य प्रतिद्वन्द्वी अबिंग्डन यूनाइटेड संगको खेलमा पहिलो हाफ ८ गोल खाए पछि दोस्रो हाफ खेल्न इन्कार गरे।

अबिंग्डन टाउनका खेलाडीहरु ८ गोल खाए पछि दोस्रो हाफ खेल्नु भन्दा घर फर्किनु राम्रो थाने ।

टाउन, जो हेलेनिक लीग डिभिजन वन ईस्टको सबै भन्दा तल स्थानमा छ, सिजनमा मात्र २ खेल जित्न सफल भएको छ।

टाउनले आफ्नो चिर प्रतिद्वन्द्वी अबिंग्डन यूनाइटेडसंग पहिलो हाफमै लज्जास्पद ८ गोल खाए पछि, टाउनका खेलाडीहरू, जसले इङलिस फुटबलको १० औं तहमा खेल्छन्, दोस्रो हाफ खेल्न अस्वीकार गर्दै घर फर्किए ।

युनाइटेड सेक्रेटरी जोन ब्ल्याकमोरले बीबीसी स्पोर्टलाई भने, “मेरो ३० बर्षको फुटबल अनुभवमा मैले त्यस्तो कहिले भएको कुनै कुरा कहिल्यै थाहा पाइन।