इङलिस प्रेमिएर लिग अन्तर्गत अहिले भैरहेको म्यान्चेस्टर युनाइटेड र टोटेन्ह्याम बिचको खेलमा युनाइटेड आफ्नो घरेलु मैदानमा ४-१ ले पछि परिरहेको छ ।
खेलको सुरुवाती मिनेटमा नै युनाइटेडले पेनाल्टी मार्फत ब्रुनो फर्नाडेजले गोल गरे ।
४ औ मिनेटमा टोटेन्ह्यामका न्डोम्बेले गोल गर्दै खेल १-१ मा ल्यायो ।
७ औ मिनेटमा सनले गोल गर्दै टोटेन्ह्यामलाई २-१ को अग्रता दिलायो ।
खेलको २८ औं मिनेटमा युनाइटेडका मार्सियालले रातो कार्ड खादै मैदान छोड्नु पर्यो ।
३० औं मिनेटमा ह्यारी केनले गोल गर्दै ३-१ को अग्रता बनायो ।
३७ औं मिनेटमा फेरि सनले गोल गर्दै टोटेन्ह्यामलाई ४-१ को अग्रता दिलाउन सफल भयो ।