पहिलो हाफमा स्पेनलाई अग्रता

एजेन्सी, युरो कप अन्तर्गतको पहिलो क्वाटरफाइनलको पहिलो हाफमा स्पेनले स्विजर्ल्यान्डमाथि १-० गोलको अग्रता बनाएको छ।

स्पेनले खेलको सातौं मिनेटमा अग्रता बनाउन सफल भएको हो । कर्नरबाट आएको बललाई जोर्डी अल्बाले प्रहार गर्दा उक्त बल जाकारियाको खुट्टामा लाग्दै गोल हुनपुग्यो।

खेलको दुई मिनेटमा लिभरपुलका विङ्गर शाकिरीको बललाई ब्लक स्पेनिश डिफेन्डरले ब्लक गरे।

त्येस्तै कोकेले १७ औं मिनेटमा फ्रि किक प्रहार केही माथिबाट बाहिरिदा अग्रता दोब्बर बनाउन सकेनन्।

अज्पिलेकुएटाको हेडर सोम्मरले सजिलै नियन्त्रणमा लिए। खेलको ३५ औं मिनेटमा स्विजर्ल्यान्डका अकान्जीको हेडर माथि हान्न पुगे।

स्पेनले खेल अवधीभर बल पोसेसन बनाउन सफल भएका छन।