पहिलो हाफमा रोनाल्डोको युभेन्ट्स पछाडी

प्रि-सिजन खेल अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एथ्लेटिको मड्रिडविरुद्ध युभेन्टस पहिलो हाफमा २-१ ले पछाडी परेको छ ।

एथ्लेटिको मड्रिडले खेलमा पहिले अग्रता लिएको थियो । २४ औं मिनेटमा पोर्चुगिज युवा खेलाडी जोओ फेलिक्सले गोल गरेका थिए ।

त्यसै गरि २९ औं मिनेटमा युभेन्ट्सबाट सामी खेडिराले गोल गर्दै खेल बराबरीमा ल्याए ।

३३ औं मिनेटमा फेरि जोओ फेलिक्सले गोल गर्दै एथ्लेटिको मड्रिडलाई पहिलो हाफमा २-१ को अग्रता दिलायो ।