पहिलो हाफमा रियल म्याड्रिड ५-० ले पछाडी

न्यु जर्सिमा भएको इन्टरनेसनल च्याम्पियनस कपको खेलमा रियल म्याड्रिड पहिलो हाफमै ५-० ले पछि रहेको छ ।

म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले खेलको १ मिनेटमै डिएगो कोस्टाको गोलमा अग्रता लिएको हो । खेलको ८ औं मिनेटमा नयाँ खेलाडी जोओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाइ २-० को अग्रता दिलायो ।

त्यसपछि १९ औं मिनेटमा एन्जेल कोरेएले गोल गर्दै एट्लेटिकोले ३-० को अग्रता लियो । २८ मिनेटमा फेरि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोले ४-० बनायो । पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी मार्फत फेरि कोस्टाले गोल गर्दै एट्लेटिकोले पहिलो हाफमै ५-० को अग्रता लियो ।

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड युरोप बाहिर यो पहिलो म्याड्रिड डर्बी खेलिरहेको हो ।