पहिलो हाफमा नेपाल एक गोलले पछाडि

माले, माल्दिभ्समा जारि साफ प्रतियोगितामा नेपाल बंगलादेशसंग पहिलो हाफमा पछाडि परेको छ । माले स्थित राष्ट्रिय रंगशालामा जारि खेलमा नेपाल १-० गोलले पछाडि परेको हो ।

खेलको ९ औं मिनेटमा बंगलादेशले फ्रि-किक मार्फत अग्रता लियो। फ्रि-किकबाट आएको बललाइ सुमोन रेजाले सहज हेड गर्दै अग्रता दिलाए ।

त्येस्तै, २२ औं मिनेटमा बंगलादेशले अर्को अवसर खेर फाल्यो । सुमोन रेजाले काउन्टर मुभमा बुनेको अवसर रेजाको प्रहार गोलकिपर किरणले सहजै बचाउ गरे ।

नेपालले केहि आक्रमक मुभहरु बुने पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा एक गोलले पछि परेको हो ।

खेलको अतिरिक्त समयमा रोहित चन्दको क्रसलाइ आयुशले सदुपयोग गर्न नसक्दा नेपाल पहिलो हाफमा पछि परेको हो ।

स्मरण रहोस, नेपाललाइ फाइनलमा पुग्न बराबरि पर्याप्त छ भने बंगलादेशलाइ जित्नै पर्ने दबाब रहेको छ ।