पहिलो हाफमा नेपालविरुद्ध लेबनोनलाई अग्रता

एजेन्सी, एएफसी यु-२३ एसियन कप अन्तर्गत समुहको अन्तिम खेलको पहिलो हाफमा नेपाल एक गोलले पछाडि रहेको छ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले लेबनोनसंग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपालले खेलको २७ औं मिनेटमा फरानको गोलमा पछि परेको थियो ।

लेबानोन र नेपाल सुखद नतिजासंगै यस छनोटबाट बाहिरिन चाहन्छ ।

यस समुहमा इरान र ताजिकिस्तान रहेको छ ।