पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

ढोहा । कतारमा जारी विश्व कपको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिएको छ । लुसेल स्टेडियममा भैरहेको खेलमा अर्जेन्टिनाले फ्रान्समाथि २-० गोलको अग्रता बनाएको छ ।

खेलको २२ औं मिनेटमा डेम्बेलेले डि मारियालाई डिबक्स भित्र लडाए पछि मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

त्यस्तै, खेलको ३५ औं मिनेटमा काउन्टर अट्याकमा मेकालेस्टरको पासमा डि मरियाले ट्याप इन गोल गर्दै दोस्रो गोल गरे ।